• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    दलका प्रमुख सचेतकसँग छलफलमा सभामुख

    236
    SHARES



    काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभामा जारी अवरोध समाधानका लागि सभामुख देवराज घिमिरे दलका प्रमुख सचेतकहरूसँग छलफलमा छन् ।

    सभामुखले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सत्तापक्षीय र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । छलफलमा सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला सहभागी छन् ।

    यस्तै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी छन् ।

    छलफलमा उपसभामुख इन्दिरा राना पनि उपस्थिति छिन् । सभामुखले संसदमा जारी अवरोधबारे सोमबार बिहान पनि रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र प्रमुख सचेतक परियारसँग बालुवाटारमा छलफल गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ