• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    नारायणकाजीको दावी – १९९ सदस्यीय केन्द्रीय समिति बनाउँछौं र चुनावमा होमिन्छौं

    326
    SHARES



    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले २०८४ सालको निर्वाचनमा बहुमत हासिल गरेर माओवादीको सरकार बनाउने दाबी गरेका छन् ।

    आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा श्रेष्ठले दुई वर्ष पूरै निर्वाचनको तयारीमा लाग्ने र बहुमत हासिल गरेर देशको नेतृत्व गर्ने बताए ।

    चुनाव अहिले शान्तिपूर्ण कार्यभारको महत्वपूर्ण पक्ष भएको बताउँदै श्रेष्ठले भने, ‘२०८४ मा बहुमतको सरकार बनाएर यो देशलाई फेर्ने, फेरिछाड्ने अभियानमा हामी लाग्छौं । हामी दावाका साथ भन्छौं, २०८४ मा बहुमतको सरकार माओवादीको, त्यसपछि सामाजिक, आर्थिक रुपान्तरण तीव्र पारिन्छ, फड्कोमा पुर्याइन्छ, समृद्ध नेपाल बनाइन्छ, त्यसको प्रतिफल आम जनतालाई दिइन्छ र समाजवादको आधार तयार पारिन्छ ।’

    महाधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय समिति बनाउने र निर्वाचनमा होमिने उनको भनाइ छ । ‘विधानमा हाम्रो केन्द्रीय समिति १९९ सदस्य हुने भनिएको छ । अब हामी महाधिवेशनसम्म पुग्दाखेरि केन्द्रीय समितिलाई पनि नयाँ ढंगले विधानअनुरुप निर्माण गरेर नयाँ फड्को मार्छौं । त्यसपछि हामी पूरै चुनावको तयारीमा जान्छौं,’ श्रेष्ठले भने ।

    श्रेष्ठले अगाडि भने, ‘हामी सच्चिन्छौं भनेर आत्मालोचना गरेर जनतामा जाने पार्टी हो । त्यसकारण हाम्रो पार्टीले नै यो देशको नेतृत्व गरेर आजको राष्ट्रिय कार्यभार पूरा गर्ने र देश बदल्ने सम्भावना छ ।’

    अरु पार्टीको हातमा नेतृत्व गएमा देश बर्बाद हुने जिकीर गर्दै श्रेष्ठले चुनावमा जानुअघि नै माओवादी सच्चिने बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ