काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले सूचना टाँस गरेर बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक ढिलोगरी सुरु भएको थियो । तर, विपक्षीहरूको अवरोधकाबीच बैठक बस्न सकेन ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् बैठक अवरोध गर्दै आइरहेका छन् ।
निरन्तर छलफल चलिरहँदा पनि सत्ता र प्रतिपक्षबीच संसद् खुलाउनेबारे सहमति भएको छैन ।
प्रतिक्रिया