• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    ताप्लेजुङ बोलेरो दुर्घटना : चार सदस्यीय छानबिन समिति गठन

    172
    SHARES



    काठमाडौँ । ताप्लेजुङमा बोलेरो गाडी विद्युतीय तारमा अल्झिएर भएको आगलागीमा चार जनाको ज्यान गएको घटनाबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले छानबिन समिति गठन गरेको छ।

    ऊर्जा मन्त्री दीपक खड्काले उक्त घटनाको गम्भीरता बुझ्दै चार सदस्यीय छानबिन समिति गठन गरेका हुन्। समितिको संयोजकत्व विद्युत् विकास विभागका सुपरिटेन्डेन्ट इञ्जिनियर नुतन प्रकाश शर्मालाई दिइएको छ। समितिमा मन्त्रालयका दुई प्रतिनिधि र पुल्चोक इन्जिनियरिङ क्याम्पसका एक जना प्रतिनिधि सदस्य रहेका छन्।

    वैशाख ८ गते ताप्लेजुङ सदरमुकामबाट प्रसिद्ध धार्मिकस्थल पाथिभरा मन्दिरतर्फ गइरहेको ना १ ज ३०११ नम्बरको बोलेरो फुङ्लिङ नगरपालिका–१०, सेवारो चोकमा विद्युतीय तारमा अल्झिएर आगलागी भएको थियो।

    घटनामा झापा भद्रपुरका ७० वर्षीय विनोद पौडेल, उनकी ६९ वर्षीया श्रीमती सरिता पौडेल, ललितपुर महानगरपालिका–१० की १६ वर्षीया आध्या आचार्य र बोलेरो चालक फुङ्लिङ–१० निवासी अन्दाजी ४२ वर्षीय दुर्गा भट्टराईको मृत्यु भएको ताप्लेजुङ प्रहरीले जनाएको छ।

    मन्त्री खड्काले घटनापछि गम्भीर चासो व्यक्त गर्दै समितिलाई यथासिघ्र विस्तृत प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन्। साथै, भविष्यमा यस्ता दुर्घटना नदोहोऱिने उपायहरू सुझावसहित पेस गर्नसमेत कार्यादेश दिइएको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ