• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    कमर्श क्याम्पस- स्ववियु सभापतिमा अनेरास्ववियु, सचिव र कोषाध्यक्षमा नेविसंघ विजयी

    1.9K
    SHARES



    काठमाडौं । नेपाल कमर्श क्याम्पस मिनभवनको स्ववियु सभापतिमा अनेरास्ववियुका विशाल रोकाहा विजयी भएका छन् । उनी एक हजार ५३ मतसहित सभापतिमा विजयी भएका हुन् ।

    अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी नेविसंघका रविन वलीले ८६० मत पाए । यसैगरी अखिल क्रान्तिकारीका काशीराम जैसी (घोडासैनी)ले १७९ र अखिल समाजवादीका सलुन खड्का (रकेट)ले ५७ मत पाए ।

    सचिव पदमा नेविसंघकी ज्ञानु दाहाल विजयी भइन् । उनले ९९४ मत पाएर विजयी हुँदा अनेरास्ववियुका मिलन ओझाको पक्षमा ९२९ मत पर्‍यो । सन्देश कुमार थिङले ११० र दिपक खड्काले १०७ मत पाए ।

    कोषाध्यक्षमा पनि नेविसंघका उम्मेदवार विजयी भए । नेविसंघका सुशील खड्का १०७७ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका सौगात पुरीले ९३९ मत पाए ।

    अखिल क्रान्तिकारी बहुमतकी सम्झना खड्काले १४० र राप्रविसंघका चक्रे चलाउनेले ३७ मत पाए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ