पोखरा । मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न थालेको छ। पोखरा महानगरको अनुमति बेगर सुरु भएको भूमिपुजन रोक्न महानगरले प्रहरी परिचालन गरेको छ ।
‘कार्यक्रमको अनुमति महानगरले दिएको छैन । अनुमति विना कार्यक्रम हुन सम्भव छैन,’ मेयर धनराज आचार्यले भने, ‘भूमिपुजन हामी रोक्छौं। ‘ नगरप्रहरी लेकसाइड पुगिसकेको छ ।
५० जना नगरप्रहरी लेकसाइडमा खटाइएको महानगरले जनाएको छ । फाउन्डेसनले बाराहीघाटमा कोटीहोम आयोजना गर्न लागेको हो ।
पोखरा महानगरले कुनैपनि हालतमा लेकसाइडमा कोटीहोम हुन नसक्ने जिकिर गरेको छ । फाउन्डेसनका संस्थापक विजय भण्डारी जुनसुकै हालतमा कोटीहोम गरेरै पोखराबाट फर्कने अडानमा छन् ।
प्रतिक्रिया