• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बस्ने

    824
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । प्रधानमन्त्रीले शुक्रवार साँझ ५ बजे बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सत्तारुढ कांग्रेस एमालेले सरकार सञ्चालनमा सहयोग गर्न भन्दै प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा १० सदस्यीय संयन्त्र गठन गरेका थिए ।

    जसमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल महासचिव शङ्कर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन् ।

    त्यस्तै कांग्रेसबाट पूर्णबहादुर खड्का, गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा उच्चस्तरीय संयन्त्रमा छन् । सरकारले ल्याएका अध्यादेश राष्ट्रियसभाबाट स्वीकृत गर्न बहुमत नभएपछि सत्तापक्ष अहिले सङ्कटमा छ ।

    सोही विषयमा छलफल गर्न शुक्रवार संयन्त्रको बैठक बस्न लागेको बताइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ