काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चा अब सक्रिय यूप्मा अगाडि बढ्ने बताएका छन् ।
समाजवादी मोर्चाले मङ्गलवार काठमाडौँमा गरेको विचार सभामा बोल्दै विप्लवले मोर्चा कुम्भकर्ण नभई ब्युँझेर आएको दाबी गरे। गणतन्त्र स्थापना भएको १८ वर्षमा जनता उकुसमुकुस भएको र बिस्तारै नयाँ तरिकाले सोच्न थालेको उनले स्पष्ट पारे ।
‘समाजवादी मोर्चा कुम्भकर्ण होइन ब्युँझेर आएको छ । मोर्चा गतिमै छ । जसपा अहिले छैन । नेसपालाई सहभागी गराउन सफल भएका छौँ’, उनले भने, ‘थुप्रै मित्र शक्तिलाई मोर्चामा ल्याउने पहल भइरहेको छ । सरकार ढल्छ र ढल्दैन तिखा बहस भइरहेका छन् । जनताले निकासको चाहना राखेका छन् । सबैतिरबाट सक्रिय हुने परिस्थिति बनिराखेको छ ।’
मोर्चाका संयोजक समेत रहेका उनले अहिलेको निर्विकल्प समाजवाद भएको भन्दै अब चुप लागेर नबस्ने चेतावनी दिए । आफू गोली र बारुदबाट आएको शक्ति भएकाले देशलाई विदेशीको गुलाम बनाउन नदिने विप्लवले बताए ।
प्रतिक्रिया