• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

नेत्रहीन टी-२० विश्वकप क्रिकेटमा नेपालले पहिलो जित

2.1K
SHARES



काठमाडौँ । पाकिस्तानमा भइरहेको नेत्रहीन टी-२० क्रिकेट विश्वकपमा नेपालले पहिलो जित निकालेको छ। नेपालले सोमबार भएको खेलमा अफगानिस्तानलाई १०८ रनले हरायो।

पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा २ विकेट गुमाएर २२८ रन बनाएको थियो। नेपालका लागि पदम बढाइलाले सर्वाधिक ९२ रन जोडे। नरेश चौधरीले ७२ रनको योगदान गरे।

२२९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १२० रन जोड्न सक्यो। उसका लागि अबासिनले ५३ रन बनाए।

बलिङमा नेपालका सुनिल मगरले ३ विकेट लिए। यसअघिका दुई खेलमा भने नेपाल पराजित भएको थियो। नेपालले श्रीलंका र बंगलादेशसँग हार बेहोरेको थियो।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ