• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    दुई दिनमा ८५ अंकले बढ्यो नेप्से

    508
    SHARES



    काठमाडौँ । साताको दोस्रो कारोबार अर्थात् सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। यस दिन नेप्से २७६०.२१ विन्दुमा बन्द भएको छ।

    आइतबार ६२.५४ र सोमबार २२.१४ अंक गरी यो दुई दिनमा नेप्से ८४.६८ अंकले बढेको हो। सोमबारको कारोबार रकम गत दुई महिनायताकै उच्च हो।

    यसअघि गत भदौ १९ गते १२ अर्ब ९२ करोड रूपैयाँको सेयर कारोबार भएको थियो। आज ११ अर्ब ३१ करोड रूपैयाँको सेयर कारोबार भएको छ। यो रकम त्यसयताकै उच्च हो।

    आइतबार भने नौ अर्ब ७७ करोड रूपैयाँको कारोबार भएको थियो। आइतबारको तुलनामा कारोबार रकममा १ अर्ब ५४ करोड रूपैयाँ वृद्धि भएको हो।

    आज ३०२ वटा धितोपत्रको दुई करोड ४५ लाख ५७ हजार १५३ कित्ता सेयर किनबेच भएको हो। सोमबार १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने ९२ वटाको घटेको छ। यस्तै, नौ कम्पनीको मूल्य स्थिर रहेको छ।

    यस दिन पाँच लघुवित्त कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ। सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त र श्रीजनशील लघुवित्तको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।

    यस्तै, माछापुच्छ्रे बैंकको मूल्य ९.९९ प्रतिशतले बढेको छ। इष्टर्न हाइड्रोपावको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८१४ रूपैयाँ ५० पैसामा झरेको छ।

    समृद्धि फाइनान्सको मूल्य ९.७१ प्रतिशतले घटेको छ। उक्त कम्पनीको मूल्य ८४३ रूपैयाँ कायम भएको छ। सोमबार साहस ऊर्जाको सर्वाधिक कारोबार भएको छ।

    कम्पनीको प्रतिकित्ता मूल्य ५५२ रूपैयाँ १० पैसामा ३८ करोड १७ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.५२ प्रतिशत घटेको हो।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ९९४ रूपैयाँमा २६ करोड १५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ भने बाँकी आठ वटाको बढेको छ।

    यसदिन लघुवित्त समूहको परिसूचक सर्वाधिक ३.२० प्रतिशतले बढेको छ भने दोस्रोमा जीवन बीमा समूहको परिसूचक १.६६ प्रतिशतले बढेको हो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ