• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद

    घरमै पराजित भयो रियल मड्रिड

    693
    SHARES



    काठमाडौँ । स्पेनिस क्लब रियल मड्रिड घरमै पराजित भएको छ। युएइएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सान्टियागो बर्नाबेउमा रियल एसी मिलानसँग ३-१ गोलले पराजित भएको हो।

    मलिक थियले पहिलो गोल गर्दा १२ औं मिनेटमै रियल पछि परेको थियो। २३ मिनेटमा पाएको पेनाल्टी अवसरलाई भिनिसियस जुनियरले सदुपयोग गरेपछि खेल बराबरीमा पुगेको थियो।

    ३९ मिनेटमा अल्भारो मोराटाले गोल गरेपछि रियल पुनः १-२ गोलले पछि परेको थियो। तिज्जानी रेइन्डर्स ७३ मिनेटमा गरेको गोल निर्णायक हुँदा रियल आफ्नै घरा ३-१ गोलले पराजित हुन पुगेको हो।

    च्याम्पियन्स लिगको जारी सिजनमा चार खेल खेलेको रियलको यो दोस्रो हार हो। दुई खेलमा भने जित निकालेको रियल ६ अंक जोडेर १७ औं स्थानमा छ। मिलान १८ औं नम्बरमा छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ