काठमाडौँ । नबिल बैंकले आर्थिक वर्ष २०८०–८१ को सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित नगद लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगमाी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
गत आर्थिक वर्ष भने बैंकले ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
प्रतिक्रिया