• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    उज्बेकिस्ताले जित्यो काभा यू–२० भलिबलको उपाधि, नेपाल स्तब्ध

    275
    SHARES



    काठमाडौं । श्रीलंकामा जारी काभा यु–२० भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्बेकिस्तासँग पराजित भएको छ । शनिबार सम्पन्न फाइनल खेलमा उज्बेकिस्तानसँग ३–१ सेटमा पराजित भएको हो ।

    यस फाइनलमा नेपालले पहिलो सेट जितेको भएपनि त्यसपछि उज्बेकिस्तानले खेलमा कमब्याक गर्दै लगातार तीन सेट जितेर उपाधि जितेको हो । नेपालले पहिलो सेट २७–२५ ले जितेको थियो भने त्यसपछि उज्बेकिस्तानले दोस्रो सेट २५–१०, तेस्रो सेट २५–१६ र चौथो सेट २५–२० ले जितेको थियो ।

    यस अघि लिग चरणमा पहिलो र दोस्रो स्थानमा रहेर नेपाल उज्वेकिस्तान र नेपाल फाइनल खेलेका हुन् । नेपाल लिगचरणको खेलमा पनि उज्वेकिस्तानसँग ३–१ ले पराजित भएको थियो ।

    लिग चरणमा नेपालले घरेलु टोली‌ श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो भने दोस्रो खेलमा उज्वेकिस्तानसँग ३–१ ले पराजित भएको थियो ।

    त्यस्तै तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सेटमा पराजित गरेको थियो भने चौथो खेलमा किर्गिस्तानलाई ३–२ को सेटमा जित हात पारेको थियो । त्यसैगरी शुक्रवार भएको लिगको अन्तिम खेलमा नेपालले तुर्किमेनिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ