• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    त्रिकोणात्मक टी-२० आई सिरिज- नेपालसंग ओमान ३७ रनले पराजित

    790
    SHARES



    काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा ओमानलाई ३७ रनले हराएकोछ । क्यानडा भ्रमणमा नेपालको यो पहिलो जित हो ।

    १७७ रनको लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १३९ रनमा अल आउट भयो । ओमानका शोएब खानले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४५ रन बनाए ।

    रफिउल्लाह १२ बलमा १ चौका र ४ छक्कासहित ३५, प्रतिक अथभले १५, खालिद कैल ११, जिशान मकसुद ६, आयन खान र अकिब इलियास २-२ रनमा आउट भए । नेपालका करण केसीले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए ।

    गुलशन झाले २.१ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेलले २, रिजन ढकाल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले १-१ विकेट लिए । त्यसअघि किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।

    नेपालको जितमा तल्लोक्रममा गुलशन झाले १७ बलमा ३ चौका र ३ छक्कासहित ४० रनको अविजित इनिङ खेलेका थिए। दीपेन्द्रसिंह ऐरी ५ बलमा २ छक्का र १ चौकासहित १८ रनमा नट आउट रहे ।

    आसिफ शेख २२ बलमा १ चौका र २ छक्का तथा अनिल साहले २१ बलमा ३ चौका र १ छक्कासहित २७-२७ रन बनाए । देव खनाल र कप्तान रोहित पौडेल २-२ रनमा आउट भए ।

    कुशल मल्ल २६ बलमा २ चौका र २ छक्कासहित ३० तथा कुशल भुर्तेल १७ बलमा १ चौका र १ छक्कासहित २० रनमा आउट भए । ओमानका अकिब इलियासले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । सकिल अहमद, फयाज बट र जिशान मकसुदले १-१ विकेट लिए ।

    नेपाल त्रिकोणात्मक टी-२० सिरिजमा पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको थियो । अव मंगलबार क्यानडा र बुधबार ओमानसँग खेल्नेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ