• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    एभरेष्ट महिला भलिबल लिग आजदेखि सुरु हुँदै

    0.9K
    SHARES



    काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज भलिबल प्रतियोगिता एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) २०२४ आजदेखि सुरु हुँदैछ ।

    इन्फिनिटी ड्रिम्सको आयोजनामा असोज १९ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टोली सहभागी छन् ।

    मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, गण्डकी थण्डर्स र कर्णाली यस्विस गरी ६ फ्रेन्चाईज टिमले प्रथिस्पर्धा गर्न लागेका हुन् ।

    उद्घाटन खेलमा उपत्यकाका दुई टिम काठमाडौं स्पाइकर्स र ललितपुर क्विन्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ । त्यसअघि दिउँसो साढे २ बजे उद्घाटन समारोह हुनेछ । आजै साँज ५ : ४५ बजे मधेश युनाइटेड र कर्णाली यस्विस तथा बेलुका ७ : ४५ बजे चितवन शक्ति र गण्डकी थण्डर्सबीच खेल हुनेछ ।

    फ्रेन्चाइज लिगको मुख्य विशेषता भनेको यसमा सबैले नाम चलेका चर्चित खेलाडीहरू टिममा राख्छन् । यसपटक सहभागी ६ वटै टोलीले ३-३ विदेशी खेलाडी टिममा राखेका छन् । जसले गर्दा लिगको चर्चा नेपालदेखि विदेशसम्म पनि उत्तिकै छ ।

    हरेक टोलीमा १२ खेलाडी हुनेछ । जसमा हरेक टोलीले ट्यालेन्ट हन्टबाट १-१ खेलाडी टिममा समावेश गरेका छन् । ६ टिममा गरेर कुल १८ विदेशी खेलाडीले पहिलो संस्करणको एभरेष्ट महिला लिग खेल्दैछन् ।

    खेलाडीहरूको वर्गीकरणसहित निश्चित रकममा खेलाडीलाई टिमहरुले अनुबन्ध गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ