• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

विश्वकप फुटबल छनौट : अर्जेन्टिनापछि ब्राजिल पनि पराजित

1.7K
SHARES



काठमाडौं । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत ब्राजिल पराग्वेसँग पराजित भएको छ । बुधबार बिहान सम्पन्न खेलमा पराग्वेले ब्राजिललाई १-० गोलअन्तरले पराजित गरेको हो ।

पराग्वेको जितमा खेलको २०औं मिनेटमा डिएगो गोमेजले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । सन् २००८ यता पहिलो पटक पराग्वेले ब्राजिललाई हराउन सफल भएको हो ।

विश्वकप छनौटमा पराग्वेको यो दोस्रो जित हो । यस जितपछि ८ खेलमा ९ अंकसहित पराग्वे सातौँ स्थानमा छ । त्यस्तै जारी विश्वकप छनौटमा ब्राजिलको यो चौथो हार हो । ब्राजिलले ८ खेलमा ३ जित हासिल गरेको छ भने एक खेल बराबरी खेलेको छ ।

यस खेलपछि ब्राजिलको ८ खेलमा १० अंक रहेको छ र अंक तालिकामा पाँचौँ स्थानमा छ । यसअघि बुधबार बिहान नै भएको खेलमा कोलम्बियासँग विश्वविजेता अर्जेन्टिना २-१ गोलअन्तरले पराजित भएको छ ।

हारपछि पनि अर्जेन्टिना दक्षिण अमेरिकी समूहको अंक तालिकामा पहिलो नम्बरमै छ । उता कोलम्बिया पनि दोस्रो नम्बरमा यथावत छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ