• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

हालाण्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित

2K
SHARES



काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लगातार तेस्रो जित हासिल गरेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्डले ह्याट्रिक गरेका थिए । हालाण्डले खेलको १०औं, ३०औं र ८३औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका हुन् । यस सिजनमा तेस्रो खेलमा हालाण्डको योसहित सात गोल गरिसकेका छन् । त्यसैगरी वेस्ट ह्यामका लागि सिटीका रुबेन डियाजले एक गोल आत्मघाती गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटीको ३ खेलमा ९ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै वेस्ट ह्यामको भने ३ खेलमा दोस्रो हारसहित ३ अंक रहेको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ