• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

सामाेआका ब्याटरले बनाए एकै ओभरमा ३९ रन

2.4K
SHARES



काठमाण्डाै । सामोआका विकेटकीपर ब्याटर डेरियस विस्सरले पुरुषको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक ओभरमा सबैभन्दा धेरै रन बनाएर कीर्तिमान बनाएका छन् ।

आईसीसी पुरुष टी–२० विश्वकप पूर्वी एशिया–प्रशान्त क्षेत्र छनोटअन्तर्गत भानुआतुसँगको खेलमा सामोआका विस्सरले एक ओभरमा ३९ रन बनाएर नयाँ विश्व कीर्तिमान बनाएका हुन् ।

खेलको १५ औँ ओभरमा उनले भानुआतुका नलिन निपिको बलमा ६ वटा छक्कासहित अतिरिक्त रनकाे मद्दतमा ३९ रन जोडेका हुन् । पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६ बलमा लगातार ६ वटा छक्का प्रहार गर्ने कीर्तिमान यसअघि नै बनिसकेको थियो तर एकै ओभरमा ३९ रन अहिलेसम्मकै धेरै हो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ