काठमाडौं । आयोजक नेपालविरुद्धको फाइनल भिडन्तका क्रममा भारतले दोस्रो सेट आफ्नो पक्षमा पारेको छ । काभा महिला नेसन्स लिगको उपाधि भिडन्तको पहिलो सेट जितेको नेपालविरुद्ध भारतले दोस्रो सेट २५-१२ ले आफ्नो पक्षमा पारेको हो ।
पहिलो सेट प्रतिस्पर्धासहित आफ्नो पक्षमा पारेको नेपाल दोस्रो सेटमा भारतसँग निरीह सावित भयो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा जारी उपाधि भिडन्तका क्रममा नेपालले पहिलो सेट २५-२३ ले आफ्नो पक्षमा पार्दा भारत दोस्रो सेट २५-१२ ले जित्न सफल भयो ।
नेपालले मंगलबार इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले फाइनल यात्रा तय गरेको थियो । मंगलबार नै पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३-० सेटमा हराउँदै नेपालसँगको भिडन्त पक्का गरेको थियो ।
प्रतिक्रिया