• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized अन्तराष्ट्रिय

    हिंसात्मक प्रदर्शनपछि बंगलादेशकी प्रधानमन्त्री हसिनाले राजिनामा दिएर छाेडिन् देश, सेना प्रमुख वार्तामा

    1.7K
    SHARES



    काठमाडौं । ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाेडेकी छन् । अन्तर्राष्ट्रिय समाचार संस्थाका बीबीसीका अनुसार हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिए देश छाडेकी हुन् ।

    प्रदर्शनका क्रममा हजारौं नागरिक प्रधानमन्त्रीको निवासतर्फ गएपछि उनी ‘सुरक्षित स्थान’तर्फ सरेकी थिइन् । बीबीसी बंगला सेवाका अनुसार, यसअघि उनले भिडियो सन्देश जारी गर्न खोजे पनि सम्भव भएकाे थिएन ।

    बंगलादेशी सेनाका प्रमुख जनरल वाकर जमानले सबै राजनीतिक दलका नेताहरुसँग अहिलेको अवस्थाबारे छलफल गर्दैछन् । त्यसपछि सेना प्रमुखले अपराह्न राष्ट्रलाई सम्बोधन गर्ने तयारी समेत छ । आन्दोलनमा करिव ३०० जनाले ज्यान गुमाइ सकेका छन् ।

    यस्तै, बंगलादेशका सेना प्रमुख जनरल वेकर उज जमानले वर्तमान विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)सहित प्रमुख राजनीतिक दलसँग वार्तापछि राष्ट्रका नाममा सम्बोधन गर्नलागेका स्थानिय समाचार संस्थाहरूले जनाएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया