• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कर्णाली

    आज कर्णालीका चार मन्त्रीले शपथ लिदै

    806
    SHARES



    काठमाडैँ । कर्णाली प्रदेश सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले आज शपथलिने भएका छन् । आइतबार दिउँसो २ बजे मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसका चार जना मन्त्रीको शपथका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेका छन् ।

    प्रदेश प्रमुखको कार्यालयले दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ खुवाउने कार्यतालिका तय गरेको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए । ‘मुख्यमन्त्रीज्यूले नवनियुक्त मन्त्रीज्यूको शपथका लागि पत्र पठाउनु भएको छ,’ थानीले अनलाइनखबरसँग भने, ‘शपथ ग्रहण कार्यक्रम आज दिउँसो २ बजे तय गरिएको छ ।’

    नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख यज्ञराज जोशीले शपथ खुवाउने छन् । सत्ता साझेदार दल नेपाली कांग्रेसले शुक्रबार सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम पठाएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ