• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कर्णाली

    कर्णालीका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने

    2.2K
    SHARES



    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने भएका छन् ।

    केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन् ।

    मुख्यमन्त्री शर्माले यही चैत २० गते मंगलबार विश्वासको मत लिने भनेर प्रदेशसभा सचिवालयलाई जानकारी गराइसकेको मुख्यमन्त्री शर्माका प्रेस सल्लाहकार प्रतीक इच्छुक शर्माले जानकारी दिए ।

    ४० सदस्यीय कर्णाली प्रदेश सभामा बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्दछ । गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको १ गरी २४ जना छन् । प्रदेश सभामा नेपाली कांग्रेसका १५ र राप्रपाका एक सांसद रहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ