काठमाडौं। आज सुनको मूल्य तोलामा ५ सयले बढेरकाे छ । शुक्रबार सुन एक लाख ४९ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ४ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला ५ रुपियाँले घटेर तोलाको १९७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया