काठमाडौं। अदालतको अवहेलना सम्बन्धी सिधा कुरा डटको मुद्दामा सर्वोच्च अदालतले भदौ ६ गते फैसला सुनाउने भएको छ । बृहत पुर्ण इजलासमा बुधबार सुरु भएको बहस एकै दिनमा सकिएको हो ।
प्रधान न्यायधिश विश्मम्भरप्रसाद श्रेष्ठ, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना,हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालसहित ९ न्यायधीशको इजलासले बहस सकिएपछि भदौ ६ गते निर्णय सुनाउने मिती तोकेको हो ।
बहसमा सहभागी कानुन व्यवशायीलाई इजलासले बहसका लागि जनही ५ मिनेटको समय दिएको थियो । इजलासले मुद्दाका पक्षलाई साउन ३२ गतेभित्र बहस नोट उपलब्ध गराउन भनेको छ ।
प्रतिक्रिया