काठमाण्डौ । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंककाअनुसार बिहीबार १ अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ २६ पैसा कायम भएको छ ।
यस्तै, खरिददर १३३ रुपैयाँ ६६ पैसा तोकिएको छ । हिजो १ अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ २१ पैसा र खरिददर १३३ रुपैयाँ ६१ पैसा थियो । केही हप्तायता स्थिर रहेको डलरको मूल्य अस्ति मङ्गलवारदेखि बढ्न थालेको हो ।
भारतले बजेटमार्फत पुँजीगत लाभकर बढाएपछि अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएको छ । नेपाली रुपैयाँ र भारतीय रुपैयाँबीच स्थिर विनियम दर भएकाले भारतीय बजारमा तय हुने मूल्यका आधारमा नेपालमा डलरको मूल्य तय हुने गर्छ ।
प्रतिक्रिया