• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    ७८ हजार मेट्रिक टन मल मौज्दात

    1K
    SHARES



    काठमाडौँ । अहिले सरकारसँग ७८ हजार मेट्रिक टन मल रहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विवरण अनुसार ७८ हजार ४२९ मेट्रिक टन मल मौज्दात रहेको हो ।

    सोमध्ये युरिया ३७ हजार ८१० मेट्रिक टन, डीएपी ३१ हजार ९१७ मेट्रिक टन र पोटास ८ हजार ७०१ मेट्रिक टन मल रहेको छ । सरकारसँग मौज्दात रहेको मलमध्ये कृषि सामाग्री कम्पनीसँग ४७ हजार ६६७ र साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेडसँग ३० हजार ७६१ मेट्रिक टन मौज्दात रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    देशभर १३ लाख ९८ हजार हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान गरिएको छ । यसमध्ये ९ लाख ५९ हजार हेक्टर क्षेत्रफल अर्थात ६८ प्रतिशत रोपाई भइसकेको छ । किसानले हालसम्म मलकाे अभाव झेल्नु परेको छैन ।

     

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया