• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    अध्यक्षमा घनश्यामलाई झलनाथको साथ

    1.2K
    SHARES



    snake-at-taudaha

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीको अध्यक्ष पदको दाबीबाट सम्मानित नेता झलनाथ खनाल पछि हटेका छन् । जसको विचार उसैको नेतृत्व भन्दै आएका खनाल महाधिवेशनको सम्मुखमा आएर घनश्याम भुसाललाई साथ दिंदै अध्यक्षको दाबीबाट पछि हटेका हुन् ।

    अध्यक्षमा माधवकुमार नेपालसहित झलनाथ खनाल र घनश्याम भुसालले अध्यक्षमा दाबी गर्दै आएका भए पनि खनाल पछि हटेसंगै अव अध्यक्ष पदमा दाविगर्ने दुइजना मात्रै रहेका छन् ।

    ‘दुई नेताका बिचमा सहमतिबाटै अघि बढौँ भन्ने कुराकानी भयो । त्यसक्रममा खनालले भुसाललाई र भुसालले खनाललाई सहयोग गर्न आग्रह गर्नुभयो’, खनाल निवास स्रोतले भन्यो, ‘अन्तिममा खनालले तपाईँलाई अध्यक्षमा मेरो साथ रहन्छ भन्नुभयो र त्यसपछि दुवैजना हात मिलाएर छुट्नुभयो ।’

    बुधबार सम्मानित नेता खनालको निवासमा खनाल र भुसालबिच भएको छलफलमा खनालले भुसाललाई साथ दिने सहमति भएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया