काठमाडौँ । गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटाले दायर गरेको रिटमा बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ । आइतबार न्यायधिस प्रकाशमान सिंह राउतको इजलासमा पेशी ताेकिएको मुद्दा हेर्दा हेर्दैमा राखिएको हो ।
सांसद पाण्डेले आफुमाथि कारवाही गर्ने माओवादीकाे निर्णय बदर गर्न भन्दै असार ६ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
दाहाल माओवादीको चुनाव चिन्हबाट गोरखाबाट निर्वाचित भएका थिए । त्यसकारण माओवादीले दाहाललाई आफ्नो सांसद दावी गर्दै आएको छ । माओवादीले मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई मतदान नगर्न आफ्ना संसद्लाई ह्विप जारी गरेको थियो ।
तर दाहाल भने आफु स्वतन्त्र सांसद रहेको दावी गर्दै मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए । दाहालले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएपछि माओवादीले कारवाही गरेको थियो ।
प्रतिक्रिया