• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    प्रजातन्त्र दिवसमा छुटेका दुईजना प्रतिवादी २३ वर्षपछि पुनः पक्राउ

    0.9K
    SHARES



    काठमाडौँ । ज्यान मुद्दामा सजाय पाएर प्रजातन्त्र दिवसमा थुनामुक्त भएका दुई जना प्रतिवादी पुनः पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका-१ घर भएर काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका बस्ने दुर्गाबहादुर दमाई उर्फ केदार र खड्गबहादुर दमाई रहेका छन् ।

    २०५३ मा दोलखा जिल्ला अदालतले उनीहरूलाई सर्वस्वसहित जन्मकैदको सजाय ठहर गरेपछि उनीहरू जेल परेका थिए । राष्ट्रिय प्रजातन्त्र दिवस-२०५६ मा सरकारले कैद छुटको निर्णय गरेपछि उनीहरू थुनामुक्त भए ।

    ७ फागुन २०५६ मा भएको सो निर्णयविरुद्ध सर्वोच्च अदालतले २०५८ मङ्सिरमा जन्मकैद हुनेगरी सरकारको निर्णय उल्ट्याएको थियो । सर्वोच्च अदालतबाट फैसला भएको झन्डै २३ वर्षपछि अहिले उनीहरू पक्राउ परेका हुन् ।

    उनीहरुले ११ वर्ष ४ महिना १३ दिन कैद भुक्तान गर्न बाँकी रहेको भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए । काठमाडौँ जिल्ला अदालतको आदेशले उनीहरूलाई कारागार चलान गरिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया