• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रवि लामिछाने विरुद्धको पूरक जाहेरी भेटिएन : कास्की प्रहरी

    1.6K
    SHARES



    काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडितले दिएको जाहेरीको विवरण कास्की प्रहरीले ‘नभेटिएको’ बतनयकाे छ । सर्वोच्च अदालतले अहिले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको मिसिल रुपन्देही जिल्ला अदालतसँग माग गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कास्कीले पठाएको पत्रमा भनिएको छ- ‘जाहेरी दरखास्त यस कार्यालयको कसुर दर्ता किताबमा दर्ता भएको अभिलेखबाट नदेखिएको र उक्त दर्ता नम्बर यस कार्यालयको नभएको ब्यहोरा सादर अनुरोध गरिएको छ ।’

    सर्वोच्च अदालतले अहिले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको मिसिल रुपन्देही जिल्ला अदालतसँग माग गरेको छ । पीडितहरूले कास्की प्रहरीमा लामिछानेविरुद्ध जाहेरी दिए पनि रिट निवेदकले सर्वोच्चमा पेश गरेको रिटमा गलत नम्बर उल्लेख हुँदा प्रहरी पन्छिएको हो ।

    माघ २२ मा सूर्यशर्दनका पीडितहरूले लामिछानेविरुद्ध पूरक जाहेरी बुझाएका हुन् । तर, पूरक जाहेरी दर्ता गर्नु नपर्ने भन्दै प्रहरीले पुरानै नम्बर कायम रहन्छ भनेर पीडितलाई फर्काइदिएकाे थियाे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया