• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    ग्लोबल आइएमई र सिमेक्स इंकबीच सम्झौता, बिवाइडी गाडी किन्दा सहजै कर्जा

    2.4K
    SHARES



    काठमाडौँ । ग्लोबल आइएमई बैंकले सहज रुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने भएको छ । बैंकले सहज रुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्न सिमेक्स इंक प्रालिसँग सम्झौता गरेको हो ।

    बैंकले आवश्यक कागजात तथा विवरण पुरा गर्ने ग्राहकलाई सिमेक्स इंक प्रालि तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने बीवाईडी ब्राण्डका विद्युतीय सवारी साधनका लागि ३ कार्यदिन भित्र सवारी साधन कर्जा प्रवाह गर्ने भएको छ ।

    सोग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न कम्पनीले व्यक्तिगत प्रयोजनका सवारी साधनलाई न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्दै आइरहेको छ ।

    त्यस्तै, कम्पनीले ग्राहकको सुविधालाई मध्यनजर गर्दै विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू पनि ल्याउँदै आएको छ । सो सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सिमेक्स इंक प्रालिका तर्फबाट सेल्स तथा सोरुम म्यानेजर सन्ध्या श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ