• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    अखिल (क्रान्तिकारी) का संयोजक राईको गिरफ्तारीविरुद्ध ११ वटा संगठनको विरोध

    1.4K
    SHARES



    काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईको गिरफ्तारी विरुद्ध ११ वटा संगठनहरुले विरोध जनाएका छन् । शनिबार उक्त पार्टीनिकट ११ वटा जवस र मोर्चाहरूले एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै संयोजक राईको गिरफ्तारी गैरन्यायिक भएको भन्दै यथाशीघ्र रिहा गर्न माग गरेका हुन् ।

    गत वैशाख ३१ गते राती आफ्नै निवास स्थानबाट पक्राउ परेका अखिल (क्रान्तिकारी)का केन्द्रीय संयोजक मिलन राईलाई बिनाकारण यतिका दिनसम्म प्रहरीले हिरासतमा राखेको प्रति गम्भीर ध्यानाकर्षण समेत जनाएका छन् ।

    विज्ञप्तिमा शिक्षा क्षेत्रमा भइरहेको चरम मूल्य वृद्धि एवं लूटतन्त्रका विरुद्ध आवाज उठाइरहेको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र त्यसका नेता कार्यकर्ताहरूका विरुद्ध गृह प्रशासनको निरन्तर दमन, धरपकड शृङ्खलाको कडीको रूपमा यो गिरफ्तारी भएको कुरा स्पष्ट रहेको समेत बताइएको छ ।

    विना आधार कथित ‘अभद्र व्यवहार’ को झुट्टा मुद्दा लगाएर शान्तिपूर्ण विरोध र असहमति जाहेर गर्ने संवैधानिक अधिकारको समेत खिल्ली उडाउँदै जनवादी, वामपन्थी एवं क्रान्तिकारी शक्तिलाई तर्साउन गरिने यस्ता दमन धरपकड अलोकतान्त्रिक र फासिवादी अभ्यासका रूपहरू भएको समेत बताएका छन् ।

    विज्ञप्तिको अन्त्यमा गृह प्रशासनको सबै खाले दमन, धरपकड एवं गिरफ्तारीको विरोध गर्दै सरकार एवं गृह प्रशासनलाई संवैधानिक हक तथा लोकतान्त्रिक अधिकारको सम्मान गर्दै अखिल (क्रान्तिकारी)का संयोजक मिलन राईको बिनासर्त, सम्मानजनक रिहाइको जोडदार माग गरिएको छ ।

    यस्तो छ संयुक्त प्रेस विज्ञप्ति:

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया