• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

कला साहित्य

नोबेल विजेता साहित्यकार एलिस मुनरोको निधन

27.4K
SHARES



काठमाडौँ । नोबेल पुरस्कार विजेता लेखक एलिस मुनरोको निधन भएको छ । कथ्य-शैलीका कारण ‘द क्यानडियन चेखब’ का रूपमा समेत परिचित मुनरोको मंगलबार ९२ बर्षको उमेरमा निधन भएको हो । केही वर्षदेखि उनी ‘डिमेन्सिया’बाट ग्रसित थिइन् ।

मुनरोलाई सन् २०१३ मा साहित्यतर्फको नोबेल साहित्य पुरस्कार दिइएको थियो । नोबेल कमिटीले मुनरोलाई ‘समकालीन कथाकी कुशल कालिगढ’ को संज्ञासमेत दिएको थियो ।

चर्चित क्यानडेली साहित्यकार मार्गरेट एटवुडलेले मुनरोलाई ‘समकालीन अंग्रेजी कथामा प्रमुख लेखकमध्येकी एक’ भनेकी थिइन् ।

मुनरोको जन्म सन् १९३१ मा ओन्टारियोको किसान परिवारमा भएको थियो । उनी सानैदेखि साहित्यप्रति रूचि राख्थिन् । एकपल्ट उनले गार्डियनसँग भनेकी थिइन्, ‘पुस्तक मेरा लागि जादुजस्तै थिए । र, म त्यो जादुको हिस्सा बन्न चाहन्थेँ ।’

मुनरोको निधनमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले दु:ख व्यक्त गरेका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ