• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    कांग्रेसबाट इलाम-२ मा डम्बर खड्का उम्मेदवार बन्ने, बझाङमा को ?

    1.6K
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम- २ मा जिल्ला सभापति डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै बझाङ प्रदेशसभा १ को उम्मेदवारमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको हो ।

    यसअघि इलाम-२ र बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेसमा चर्को रस्साकस्सी देखिएको थियो । इलाम- २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबिच मुख्य भिडन्त थियो ।

    सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका थिए भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका थिए ।

    यस्तै बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पनि जगत जोशी र अभिषेक सिंहको हानथाप चलिरहेको थियो । देउवाले सिंह र कोइरालाले जोशीको नाममा अडान लिइरहेका थिए ।

    पार्टीले सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बुधबार बिहान उम्मेदवारका आकांक्षीसँग सामूहिक छलफल समेत गरेको थियो ।

    यस्तै, नेकपा एमालेले राष्ट्रियसभाको उपाध्यक्षमा विमला घिमिरेलाई उठाउने भएको छ । राष्ट्रियसभा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालका अनुसार उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।

    उनले भने, ‘पार्टीका अध्यक्ष केपी शर्मा ओलीले यो विषयमा हामीलाई जानकारी गराउनुभएको छ, पार्टीबाट राष्ट्रियसभाका लागि उपाध्यक्षमा गठबन्धनको साझा उम्मेदवार विमलाजी हुने तय भएको छ ।’

    राष्ट्रियसभाको उपाध्यक्ष नेकपा (एस)ले पाउने सहमति भएको हो नि भन्ने प्रश्नमा उनले त्यस्तो केही सहमति नभएको बताए । यो विषयमा नेकपा (एस)ले आफैँ प्रचार गरेको उनले बताए । गठबन्धनमा सहमति गरेर नै एमालेले उपाध्यक्षमा आफ्नो उम्मेदवार उठाउने निर्णय गरेको दाहालले बताए ।

    चार दलीय गठबन्धनको बैठकले भने सुरुमा राष्ट्रियसभाको अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले पाउने सहमति गरेको थियो । गठबन्धनमा नेकपा (एस) मिसिएपछि सो सहमतिलाई संशोधन गर्दै एमालेलाई उपाध्यक्ष दिने लाइन हटाइएको थियो ।

    त्यसपछि उपाध्यक्ष नेकपा (एस)ले पाउने चर्चा चलेको थियो । नेकपा (एस)का नेताहरूले पनि उपाध्यक्ष आफ्नो पार्टीले पाउने सहमति भएको स्वीकार गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ