काठमाडौँ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले समग्रमा आगामी आर्थिक वर्षको मौद्रिक नीति उद्यमी–व्यवसायीहरू प्रति उदार र बैंकिङका समस्या समाधान गर्ने उद्देश्यसाथ आएको बताएका छन् ।
उनले मौद्रिक नीतिले अपेक्षा गरिएका धेरै कुरा सम्बोधन गरेको र कतिपय नयाँ कुरालाई छोएको बताए । यस्तो अवस्थामा केन्द्रीय बैंकले ब्याजदर करिडोर अन्तर्गत दरहरू घटाउँदा निक्षेपको ब्याजदर ०.२५ प्रतिशतसम्मले तल जान सक्ने उनको भनाइ छ ।
‘मौद्रिक नीतिले अपेक्षा गरिएका धेरै कुरा सम्बोधन गरेको छ भने कतिपय नयाँ कुरालाई छोएको देखिन्छ । केन्द्रीय बैंकले ब्याजदर करिडोर अन्तर्गत दरहरू घटाउँदा निक्षेपको ब्याजदर ०.२५ प्रतिशतसम्मले तल जान सक्ने हुन्छ । आवासीय घर कर्जाको सीमा र कर्जा अनुपात दुवै बढ्न गई रियल इस्टेट सेक्टर चलायमान बनाउन मद्दत पुग्ने देखिन्छ ।’ उनले भने ।
साथै चालु पूँँजी कर्जासम्बन्धी मार्गनिर्देशन कर्जाको प्रकृति, व्यवसायको प्रकृति अनुसार परिमार्जन हुने र यसले गर्दा उद्यमी–व्यवसायीले बारम्बार उठाइरहेको चालु पूँजी कर्जासम्बन्धी मार्गनिर्देशनका कठिनाइ हट्ने र मार्गदर्शनलाई अनुपालना गर्न बैंक तथा व्यवसायीलाई सहज हुने उनको विश्वास छ ।
‘चालु पूँँजी कर्जासम्बन्धी मार्गनिर्देशन कर्जाको प्रकृति, व्यवसायको प्रकृति अनुसार परिमार्जन हुने र यसले गर्दा उद्यमी–व्यवसायीले बारम्बार उठाइरहेको चालु पूँजी कर्जासम्बन्धी मार्गनिर्देशन का कठिनाइ हट्ने देखिन्छ । मार्गदर्शनलाई अनुपालना गर्न बैंक तथा व्यवसायीलाई सहज हुने देखिन्छ ।’ उनले भने ।
उनले बैंकहरूको क्वालिटी अफ पोर्टफोलियो हेर्दा एग्रेसिभ ग्रोथ लिने र मर्जर–एक्विजिसनमा जाने संस्थाहरु भन्दा पनि एग्रेसिभ ग्रोथमा पनि नगर सानो साइजमै रहेर मर्जर–एक्विजिसनमा नगए संस्थाहरूको क्वालिटी अफ एसेट्स तुलनात्मक रूपमा राम्रो रहेको दावी गरे ।
‘बैंकहरूको क्वालिटी अफ पोर्टफोलियो हेर्दा जुन संस्थाले एग्रेसिभ ग्रोथ लिए या जुन संस्था मर्जर–एक्विजिसनमा गए, उनीहरूको अलिकति नराम्रो देखिएको छ । जुन संस्था एग्रेसिभ ग्रोथमा पनि गएनन्, सानो साइजमा छन् र जो मर्जर–एक्विजिसनमा गएनन्, तिनीहरूको क्वालिटी अफ एसेट्स तुलनात्मक रूपमा राम्रो छ । त्यो फ्याक्ट हो ।’ उनले भने ।
त्यस्तै उनले बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको विद्यमान एकल ग्राहक कर्जा सीमा १५ करोडबाट २५ करोड बनाइएको भन्दै यसले मार्जिन प्रकृतिको कर्जा बढ्न गई सेयर बजारमा सेयरको माग बढाउने उल्लेख गरे ।
‘बैंकरहरूको कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थालाई समयानुकूल र अन्तर्राष्ट्रिय अभ्यास अनुसार गर्नुपर्ने सुझाव अनुसार परिमार्जन हुने अपेक्षा गरिन्छ । यसबाट कर्जा नोक्सानी व्यवस्था कम हुन गई बैंक तथा वित्तीय संस्थाको नाफामा वृद्धि हुने देखिन्छ । ३ करोडसम्म प्रवाह भएको कर्जालाई साना तथा मझौला उद्यममा प्रवाह भएको कर्जामा समावेश गरी तोकिएको क्षेत्रमा प्रवाह हुने कर्जामा गणना गर्ने व्यवस्था गरेको छ ।’ अनलाइन खबरसंगको कुराकानीमा उनी भन्छन् – ‘बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको विद्यमान एकल ग्राहक कर्जा सीमा १५ करोडबाट २५ करोड बनाइएको छ । यसले मार्जिन प्रकृतिको कर्जा बढ्न गई सेयर बजारमा सेयरको माग बढाउने देखिन्छ ।’
उनले पछिल्लो समय सारा नीतिको मूल नीति नै मौद्रिक नीति भए झैं महत्त्व दिएको भन्दै मौद्रिक नीतिले मुद्राको स्थायित्व, ब्याजदर स्थायित्व, उपभोक्ता मूल्यलाई एउटा निश्चित तहमा राख्ने काम गर्ने बताए । तर वित्त नीति टार्गेटहरूलाई पूरा गर्न मौद्रिक उपकरण कसरी चलाउँछ भनेर आउने सामान्य नीतिलाई अहिले अनावश्यक रूपमा महत्त्व दिँदै आएको हो कि भन्ने लागेको समेत उनको बुझाइ छ ।
‘पछिल्लो समय सारा नीतिको मूल नीति नै मौद्रिक नीति भए झैं महत्त्व दिएका छौं । मौद्रिक नीतिले मुद्राको स्थायित्व, ब्याजदर स्थायित्व, उपभोक्ता मूल्यलाई एउटा निश्चित तहमा राख्ने काम गर्ने हो । अनि वित्त नीति टार्गेटहरूलाई पूरा गर्न मौद्रिक उपकरण कसरी चलाउँछ भनेर आउने सामान्य नीतिलाई अहिले अनावश्यक रूपमा महत्त्व दिँदै आएको हो कि भन्ने लाग्छ ।’
अहिले अर्थतन्त्रका अधिकांश सूचक सबल अवस्थामा रहेका कारण राष्ट्र बैंक फ्लेक्जिबल भएको भन्दै उनैल यसलाई बैंकर र व्यवसायीले जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्ने बताए । साथै विगतका गल्ती नदोहोर्याउने गरी सजगतापूर्वक अहिलेको सहजतालाई प्रयोग गर्न सके आगामी ६ देखि ७ महिनामा अर्थतन्त्र लयमा फर्किने उनको बिश्वास छ ।
‘अहिले अर्थतन्त्रका अधिकांश सूचक सबल अवस्थामा छन् । त्यसकारण राष्ट्र बैंक फ्लेक्जिबल भएको छ । यसलाई बैंकर र व्यवसायीले जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्ने हुन्छ ।’ उनी भन्छन – ‘हामीले विगतका गल्ती नदोहोर्याउने गरी सजगतापूर्वक अहिलेको सहजतालाई प्रयोग गर्नुपर्ने छ । यसो गरे आगामी ६ देखि ७ महिनामा अर्थतन्त्र लयमा फर्किन्छ ।’
प्रतिक्रिया