• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो

2.5K
SHARES



काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’ले पहिलो जित हात पारेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको टी-२० मा नेपाल ‘ए’लाई २१ रनले पराजित गरेको हो ।

२ सय २३ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम ३ बल खेल्नु अगाडि नै सबै विकेट गुमाएर २ सय १ रन बनायो । नेपालका लागि ओपनर लोकेश बमले १दया ६ रन बनाएका थिए ।

लोकेश र आरिफ शेखले उत्कृष्ट साझेदारी गरेपछि नेपाल १८९/३ को अवस्थामा थियो । तर १३ रन जोड्दा ७ विकेट गुमायो ।

१६औं ओभरको अन्तिम बलमा बमलाई गुमाएको नेपालले एकपछि अर्को विकेट गुमाएको थियो ।

शेख अर्धशतक बनाउन चुके । यसअघि पहिले ब्याटिङ गरेको आयरल्याण्ड ए ले २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनाएको थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ