काठमाडौं । त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत नेपालसँगको खेलमा १ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले तेस्रो विकेट गुमाएको छ ।
व्यक्तिगत दोस्रो विकेट लिने क्रममा सोमपाल कामीले ७.२ ओभरमा जेपी कोट्जेलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच गराएका हुन् । २२ बल खेलेका कोट्जे २५ रनमा आउट भएका हुन् । उनी आउट हुँदा नामिबियाको स्कोर ५० रन मात्र छ ।
१.३ ओभरमा सोमपाल कामीले ओपनर मलान क्रुगरलाई व्यक्तिगत ३ रनमा आउट गरेका थिए भने करण केसीले ५.३ ओभरमा अर्का ओपनर इकल भान लिंगेनलाई आउट गरे ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल मल्लको अर्धशतक मद्दतमा २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो ।नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ५५ रनमा नट आउट रहे ।
प्रतिक्रिया