काठमाण्डाै। क्यानडा-११ सँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपालको ‘ए’ टोली ४ विकेटले पराजित भएको छ ।
नेपालले दिएको २ सय १७ रनको लक्ष्य पछ्याएको क्यानडाले ३ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । क्यानडाका नवनीत धलिवालले ८० र निखिल दत्तले नट आउट ६७ रन बनाए । नेपालका शाहब आलमले २ विकेट लिए ।
यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय १६ रन बनायो । नेपालका बसिर अहमदले नट आउट ५० रन बनाए । यस्तै रशिद खानले ४०, मयन यादवले ३५ रन बनाए भने क्यानडाका साद बिन जफरले ३ विकेट लिए ।
३ खेलको शृङ्खलामा दोस्रो खेल पर्सि मङ्गलवार र अन्तिम खेल भने बिहीवार हुने भएको छ ।
प्रतिक्रिया