• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

आईसीसी विश्वकप लिग–२ : राजवंशीले दिलाए नेपाललाई तेस्रो सफलता

2.5K
SHARES



काठमाडौँ । नेदरल्यान्ड्सविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ । १६ औँ ओभरमा नेपालले तेस्रो विकेट लिन सफल भएको हो ।

२३ रन बनाएका साइब्रान्ड एन्जलब्रच्टलाई ललित राजवंशीले शिकार बनाएका हुन् । यसअघि छैटौँ ओभरमा म्याक्स ओ डाउड १० रन बनाएर रन आउट भएका थिए । त्यस्तै तेस्रो बलमा सोमपाल कामीले शून्य रन बनाएका माइकल लेभिटलाई क्याच आउट गराएका थिए ।

आजको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । नेदरल्यान्ड्सले १६ ओभरमा ३ विकेटको क्षतिमा ५६ रन बनाएको छ ।

पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ