काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका-३ इमाडोलस्थित ओचुहाइटमा बस्ने आमा र उनका दुईजना बच्चाको मृत्यु भएको छ । ओचुहाइटमा बस्ने रविना महर्जन घरको तिन तलाबाट हाम्फालेपछि प्रहरीले उद्धार गरेको थियो ।
तर, उपचारको क्रममा उनको किष्ट अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले बताए ।
रविनालाई उद्धार गर्न जाँदा उनका ६ वर्षीय छोरा अश्वेत महर्जन र २ वर्षीया छोरी अचेत अवस्थामा भेटिए । उनीहरुलाई पनि उद्धार गरेर अस्पताल ल्याएको र उपचारको क्रममा २ नाबालकको किष्ट अस्पतालमा मृत्यु भएको एसएसपी खनालले जानकारी दिए । घटनाबारे प्रहरीले आवस्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया