काठमाडौँ । काठमाडौँको गौशाला स्थित एक होटलमा महिला मृत अवस्थामा भेटिएकी छन् ।
काठमाडौँ महानगरपालिका ९ स्थित विजय चोकमा रहेको सिराहा धनुषा होटल एण्ड लजमा ४५ वर्षीय महिलाको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले बताएका छन् ।
गेस्ट हाउसको ढोका दुई दिनसम्म नखुलेपछि अर्को साँचो प्रयोग गरेर ढोका खोल्दा शव देखेपछि गेस्ट हाउस सञ्चालकले प्रहरीलाई खबर गरेका हुन् । महिलासँगै होटलमा बसेका अर्का व्यक्तिले हत्या गरेर बाहिरबाट ताला लगाएर भागेको आशंका गरिएको छ ।
घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया