• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    उपराष्ट्रपति यादव आइतबार वीरगन्ज जाने

    1.7K
    SHARES



    काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादव आइतबार पर्साको वीरगन्ज महानगरपालिकामा जाने भएका छन् ।

    वीरगन्जको पीपरास्थित चिनी मिल परिसरमा भोलीदेखि सुरु हुने ९ दिवसीय श्री विष्णु महायज्ञको उद्घाटन गर्न उपराष्ट्रपति यादव जान लागेको सचिवालयले जनाएको हो ।

    उपराष्ट्रपतिका स्वकीय सचिव सचिव आनन्दकुमार यादवका अनुसार बिहान १०ः २५ बजेको विमानबाट उपराष्ट्रपतिको वीरगन्ज जाने कार्यक्रम तय भएको छ ।

    यादवका अनुसार महायज्ञको उद्घाटनसँगै उपराष्ट्रपति यादवले आइतबार नै नारायणी अस्पतालमा नवनिर्मित वार्डको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ