• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    छाडा कुकुर राख्न डग होस्टल बनाउँदै बागलुङ नगरपालिका

    1.5K
    SHARES



    पोखरा । बागलुङ नगरपालिकाले छाडा कुकुर राख्न डग होस्टल बनाउँदै छ ।  बजार क्षेत्रमा बर्सेनि कुकुरको संख्या बढ्दै जान थालेपछि लिकाले डग होस्टल बनाउने निर्णय गरको हो ।

    बागलुङ नगरका मेयर वसन्तकुमार श्रेष्ठका अनुसार पछिल्लो २ वर्षको अवधिमा मात्रै १५ सय जनाभन्दा बढी मान्छेलाई कुकुरले टोकिसकेको  भने कुकुरले लखेट्दा सवारी दुर्घटना भएर मान्छेको ज्यानै पनि गएको छ ।

    जति उपाय अपनाउँदा पनि सडकमा कुकुरको संख्या नघट्दा हैरानी खेप्नुपरेपछि नगरपालिकाले अब नयाँ योजना अघि सारेको छ, ‘कुकुर (आवास गृह) होस्टल बनाउने र छाडा कुकुरलाई एकीकृत गरेर व्यवस्थापन गर्ने ।’

    चालु आर्थिक वर्षकोे नीति तथा कार्यक्रममै उल्लेख गरेर छाडा कुकुर व्यवस्थापन गर्न कुकुर होस्टल अवधारणा ल्याइएको मेयर श्रेष्ठले बताएका छन् ।

    ‘कुकुरले दुख दियो भनेर मार्ने कुरा पनि भएन । कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर खोज्दै जाँदा होस्टल पनि हुने रहेछ भन्ने थाहा भयो’, उनले भने, ‘कुकुरप्रेमीहरुले निजी तवरबाट होस्टल खोलेको भए पनि पालिकास्तरबाट यो अभ्यास नभएको रहेछ ।’

    पालिकाले चालु आर्थिक वर्षभित्रै सुविधासम्पन्न कुकुर होस्टल बनाउने गरी तयारी भइसकेको मेयर श्रेष्ठले जानकारी दिए । बागलुङ नगरपालिका वडा नं. १३, कालाखोलामा कुकुर होस्टल बनाउन एक करोड रुपैयाँ लाग्ने उनको भनाइ छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ