• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भीमकान्त भण्डारीसँग जाँचबुझ आयोगले लियो बयान

    1.4K
    SHARES



    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुनबारे जाँचबुझ गरिरहेको आयोगले भिमकान्त भण्डारीसँग बयान लिएको छ । बिहीबार सिंहदरबार स्थित कार्यालयमा भण्डारीलाई बयान गराइएको आयोगका एकजना पदाधिकारीले बताए ।

    उनी बिध ल्यावका सञ्चालक हुन् । भण्डारी र सुन तस्करीमा पक्राउ गरिएका तिब्बतीयन मुलका बेल्जियन नागरिक छिरिङसँग सम्पर्क देखिएको छ । बिहीबार सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगल पूर्व सभामुख कृष्णबहादुर महराको पनि बयान लिएको छ ।

    त्यस्तै, केन्द्रीय अनुसन्धान ब्युरोमा बसेर लामो समयदेखि अनुसन्धान गरेका डीएसपी रुगम कुँवरसँग आयोगले छलफल गरेको छ । संगठित तस्करीबारे कुँवरसँग ‘परामर्श’ गरिएको आयोगलका प्रमुख डिल्लीराज आचार्यले रातोपाटीलाई बताए । आचार्यले भने– ‘आज दुईजनासँग बयान र सीआईबीका एकजना अधिकृतसँग परामर्श गरेका छौँ ।’

    यस्तै, प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव नेतृत्वको टोलीले भारतको एक साता लामो भ्रमण सम्पन्न गरेर नेपाल फर्किएको छ । भारतीय लोकसभाको ‘इन्टरनेसनल स्ट्यान्डिङ कमिटी’को निमन्त्रणमा गत १६ माघमा गएको समिति सभापति यादव नेतृत्वको टोली २४ माघमा नेपाल फर्किएको हो ।

    यादव नेतृत्वको भ्रमण टोलीमा ८ जना सांसद र चारजना कर्मचारीको सहभागिता रहेको थियो । भ्रमणबाट फर्किएपछि समिति सभापति लगायत भ्रमणदलका सदस्यहरूले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा भारतसँग विधायिका तहमा सम्बन्ध विकास भएको जानकारी दिएका छन् ।

    ‘दुई देशबीचको सम्बन्धलाई सरकारको तहबाट दुवै देशका संसदको तहमा पनि बढाउने उद्देश्यले समकक्षी समितिको निमन्त्रणमा हाम्रो भ्रमण भएको हो’, सभापति यादवले भने, ‘भ्रमणले संसदको तहमा सम्बन्ध विकसित हुने र आगामी दिनमा नेपालको सरोकारका विषयहरू भारतीय संसदमार्फत सरकारलाई दबाब पुर्‍याउन सहयोग पुग्नेछ । त्यसले नेपालको चासोका मुद्दामा भारत सरकारलाई पनि जिम्मेवार बनाउन सहयोग पुर्‍याउने हाम्रो विश्वास छ ।’

    समितिको टोलीले दिल्लीसहित गोवा, महाराष्ट्र र उत्तरप्रदेश राज्यको पनि भ्रमण गरेका थिए । दिल्लीमा भारतीय विदेशमन्त्री एस जयशंकर, लोकसभा सभामुख ओम बिरला, ‘इन्टरनेसनल स्ट्यान्डिङ कमिटी’ का सभापति पीआर चौधरी, राज्यमन्त्री, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र राज्यपाल आनन्दीबेन पटेलसँगसमेत समितिको टोलीले भेट गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ