• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बेलायतका राज्यमन्त्री मिचेल नेपाल भ्रमणमा आउने

    1.8K
    SHARES



    काठमाडौं । बेलायतका विदेश राज्यमन्त्री एन्ड्रयु मिचेल नेपाल भ्रमणमा आउने भएका छन् । बेलायतको विदेश, राष्ट्रमण्डल र विकास कार्यालयका राज्यमन्त्री मिचेल २ दिने नेपाल भ्रमणका लागि नेपाल आउने भएका हुन् ।

    एक साताअघिमात्र बेलायतका सेनाध्यक्ष प्याट्रिक स्यान्डर्सले चार दिने नेपाल भ्रमण गरी फर्केको केही दिनमा राज्यमन्त्री मिचेन नेपाल आउन लागेका हुन् । अहिलेसम्म घोषणा भइ नसकेको उक्त भ्रमण आगमी २९ माघ र १ फागुनमा हुने कूटनीतिक स्रोतले जनाएको छ ।

    भ्रमणका क्रममा राज्यमन्त्री मिचेलले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री प्रकाशशरण महतलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

    नेपाल र बेलायतबीच सन् १९२३ को शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भएको १ सय वर्ष पुगेको अवसरमा २ देशबीच उच्चस्तिरीय भ्रमण भइरहेका छन् । मिचेल २५ अक्टोबर २०२२ देखि विदेश, राष्ट्रमण्डल र विकास कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारीमा रहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ