• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पूर्व डीआईजी छविलाल जोशीको घरमा प्रहरीको छापा

    4.9K
    SHARES



    काठमाडौँ । पूर्व डीआईजी छविलाल जोशीको शंखमुलस्थित घरमा प्रहरीले छापा मारेको छ ।

    जिल्ला प्रहरी कार्यालय कास्कीको आग्रहमा काठमाडौँ प्रहरीले उनको घरमा छापा मारेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताएका छन् ।

    जोशीको घरमा सञ्चालित नेचर हब इन्टरनेशनल प्रालिको कार्यालयबाट प्रहरीले सूर्यदर्शन सहकारीको मुख्य सफ्टवेयरको सर्भर बरामद गरेको छ ।

    नेचर हब इन्टरनेश्नलको अफिसमा लुकाएर राखेको अवस्थामा पोखरास्थित सूर्यदर्शन सहकारीको मुख्य सफ्टवेयरेको सर्भर बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका ती अधिकृतले बताए ।

    पोखरास्थित सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई र पूर्व डीआईजी जोशी व्यापारिक साझेदार हुन् ।

    अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल) मार्फत गितेन्द्रबावु (जीबी) राई, वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ