• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सम्पत्ति शुद्धीकरण विधेयक पारित

    1.6K
    SHARES



    काठमाण्डाै। प्रतिनिधि सभाको आजको बैठकले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०८० बहुमतले पारित गरेको छ ।

    यस्तै बैठकले संविधान सभाका सदस्यसमेत रहेका नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति शोक प्रस्ताव पनि पारित गरेको छ ।

    प्रतिनिधि सभाको अर्को बैठक आउँदो फागुन ६ गते आइतवार बिहान ११ बजेका लागि तोकिएको छ भने ६ गतेको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहनेछ ।

    आजको बैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराका छन् । यस्तै आज दलगत रूपमा शीर्ष नेताहरूले मन्तव्य राखेका छन् ।

    यसैबीच आज बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रियसभा नियमावली २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन २०८० सर्वसम्मतिले स्वीकृत गरेको छ ।

    बैठकले पूर्वमन्त्री तथा संविधान सभा सदस्य केशवकुमार बुढाथोकीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रिय सभाको अर्को बैठक आउँदो २८ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ