काठमाण्डाै। अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) ले ६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा अमला रोकाविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरेको छ ।
केही महिना पहिले हङकङबाट काठमाण्डाै ल्याएको बेला बरामद भएको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीमा संलग्न देखिएकी अमलाविरुद्ध इन्टरपोलद्वारा ‘डिफ्युजन नोटिस’ जारी भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् ।
‘डिफ्युजन नोटिस’ जारी गरेपछि इन्टरपोलमा आबद्ध रहेका देशले आफ्नो देशमा सम्बन्धित व्यक्ति भए वा नभएको खोजी गर्ने गर्छन् । सम्बन्धित देशले आफ्नो देशमा त्याे व्यक्ति रहेको पत्ता लागे नेपाल पठाउने प्रक्रिया शुरु गर्छन् ।
अमला तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङकी पत्नी भएको र पतिकै कारण उनी सुन तस्करीमा जोडिएको सीआईबीको अनुसन्धानकाे निष्कर्ष छ । काठमाण्डाैको ठमेलमा रहेको होटेल ‘भियना’ अमलाको नाममा दर्ता रहेको पाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया