• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

इजरायल–गाजा युद्धविरामकाे योजनाबारे यस्तो छ हमासको प्रतिक्रिया

4.8K
SHARES



काठमाडौँ। इजरायल र गाजाबीच नयाँ युद्धविरामको प्रस्तावलाई हमासले आफ्नो प्रतिक्रिया जनाएको छ । इजरायल, अमेरिका, कतार र इजिप्टले तय गरेको सम्झौता र युद्धविरामको प्रस्तावबारे हमासले सकारात्मक प्रतिक्रिया दिएको हो ।

हमासलाई एक हप्ताअघि पठाइएको सम्झौताको प्रस्तावमा भएका विवरण भने सार्वजनिक नगरिएकाले अहिलेसम्म प्रष्ट हुन नसकेको बीबीसीले जनाएको छ । यसअघि इजरायली बन्धकहरू र प्यालेस्टिनी कैदीहरूबीच साटासाट गर्ने र अस्थायी युद्धविराम गर्ने निर्णय भएको खबरमा भनिएको छ ।

इजरायल र अमेरिका दुवैले हमासको प्रतिक्रियाको समीक्षा गरिरहेको बताएका छन् । अहिले इजरायको मध्यपूर्वमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आज इजरायलका अधिकारीहरूसँग हमासको प्रतिक्रियाबारे छलफल गर्ने बताएका छन् ।

हमासका एक वरिष्ठ अधिकारीले सञ्चारमाध्यमसंग कुरा गर्दै युद्धविरामको योजनालाई सकारात्मक रुपमा लिएको तर गाजाको पुनर्निर्माण, त्यहाँका बासिन्दाहरूलाई उनीहरूको घरमा फिर्ता गर्ने र विस्थापितहरुको लागि भएका प्रावधानहरुमा केही संशोधन गरेर घाइतेको आवश्यक उपचार गर्नु पर्ने सर्त राखेका छन् ।

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले हमासको प्रतिक्रियालाई सकारात्मक नै भएको बताएका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ