• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    अध्यागमन अधिकृत नरवीर खड्कालगाएत ४ जनालाई थुनामा पठाउन अदालतको आदेश

    1.9K
    SHARES



    काठमाडौँ । फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जनालाई अदालतले थुनामा पठाउन आदेश दिएको छ ।

    काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमले मंगलबार थुनछेक बहसपछि ४ जनालाई थुनामा पठाउन आदेश गरेका हुन् ।

    अदालतले अध्यागमन अधिकृत खड्का, काभ्रे घर भएका ३७ वर्षीय मनोज तामाङ लामा र सरोज कुमार यादव र अरुण दाहाललाई थुनामा पठाउन आदेश दिएको छ । बौद्ध बस्दै आएका मनोज निमा छिरिङ ट्राभल्सका सञ्चालक हुन् । सरोज कुमार यादव पनि ट्राभल सञ्चालक हुन्न । अरुण दाहाल बिचौलिया हुन् ।

    नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने ‘गिरोह’मा संलग्न गीता शाहसँग अदालतले ५ लाख धरौटी मागेको छ । पदम लामालाई १ लाख, विनोद कार्कीलाई २ लाख, राम प्रसाद भण्डारीलाई ७ लाख, रविन अर्याललाई १ लाख र दिनेश ज्ञवालीलाई ७ लाखमा रिहा गर्न अदालतले आदेश गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ